३ भदौ,

ललितपुर । ललितपुरमा यौन व्यवसाय सञ्चालन गरेको अरोपमा ७ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा, झापा दमक नगरपालिका वडा नं.७ घर भएको ५० वर्षीय राजेश अग्रवाल, रुकुम पेउघाट गाउँपालिका वडा नं. ८ घर भएकी २३ वर्षीया ललिता विक, बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीया सुनिल बिष्ट, मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, , काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुमा बस्ने २४ वर्षीया क्रिष्टीना केसी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका वडा नं. ७ घर भएको ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, दिन प्रति दिन बलात्कर र यौन दुर्व्यवहार जस्ता घटन घटिरहेको अवस्थामै अवैध तरिकाले यौन व्यवसाय सञ्चालन गरिरहेको विशेष सुचना पाउन साथ ललितपुर महानगरीय प्रहरी परिसर कार्यालयको टोली खटिई गई उक्त कार्यमा संलग्न भएकाहरुलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको उनीहरु माथि थप आवश्यक अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख