
उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतवार सबै प्रकारको उपचार गर्दा गर्दै विष्टको विहान ३ः३० बजे निधन भएको हो निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि विष्टले २४ गते कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट पोजेटिभ रिपोर्ट आएको थियो ।