३ भदौ,

बर्दिया : बर्दियाको गुलरियामा बहुमुल्य धातुको सयौं वर्ष पुरानो बुद्घको मुर्तिसहित रंगेहात पाँच जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बर्दिया जिल्लाको  गुलरिया नगरपालिका वडा नं. ७ बस्ने ४० वर्षिया निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने ३२ वर्षिया ईश्वरी प्रसाद उपाध्याय, मधुबन नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षिया उज्वल रोकाय , सोही ठाँउको वडा नं. ९ बस्ने ३४ वर्षिया अमृत राई र जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. २ बस्ने २९ वर्षिया मग बहादुर नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालयको बिशेष सुचनाको आधारमा प्रहरी टोली खटिई गई गुलरिया नगरपालिका वडा नं. ७ गुलरिया बजार स्थित विजय गेष्ट हाउसबाट ७ किलो ७०२ ग्राम तौल, उचाई ९.५ ईन्च भएको अवैध बुद्दको मुर्ति बरामद गरी संलग्न व्यक्त्तिहरुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख