३ भदौ,

पर्सा । वीरगंजमा भारतबाट ल्याउदै गरेको अवैध चाँदीको गहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्ला बारा स्थित प्रसौनी गाँउपालिका वडा नं. ६ मा बस्ने ६० वर्षिया नगेन्द्र साह सोनार रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालयको विशेष सुचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले आज बिहान करिब ८ः०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा ६ के.जी. १६८ गा्रम चाँदीको गरगहनाहरु फेला पारी सोनरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

थप आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने व्यहोरा जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख