२ भदौ,

कैलाली : कैलाली जिल्लाको कैलाशधम सामुदायिक वनमा रुख काटिरहेको अवस्थामा र काटेको काठ सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, कैलाली स्थित लम्किचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा बस्ने २० बर्षिया सुरज महतो रहेका छन।

प्रहरीका अनुसार, आज अन्दाजी करिब दुई बजेको समयमा ईलाका प्रहरी चिसापानीबाट खटिएको टोलीले सुरज महतोलाई रुख काटिरहेको अवस्थामै प्रहरीले पक्राउ गरि उनको साथमा भएका सामानहरु बरामद गरेको प्रहरीले बताएको छ ।

प्रहरीले बरामद गरेको सामानहरु तल निम्न छन
१. सालको गोलिया ६ थान {86. २६ क्युफिट }
२. फलामको हाते आरा २ थान
३. बन्चरो १ थान
४.ट्युब ५ थान आदि।

पक्राउ परेको सुरजलाई थप कारबाहीको लागि सब डिभिजन बन कार्यालय लम्कीमा पठाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख