
२ भदौ,
बारा जिल्लामा गाडीले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार भएका तीन जना मध्ये एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वा टोलमा बस्ने ३८ बर्षिया राजेश राम रहेका छन।
प्रहरीका अनुसार ना ४ च ३४३२ नम्बरको गाडीले ना २१ पा १८३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक राजेश रामको मृत्यु भएको हो। रामसंगै मोटरसाईकलमा सवार भएका उनकै छोरी १९ बर्षिया ममता कुमारी र १३ बर्षिया मुस्कान कुमारी गम्भीर घाइते भई अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले गाडी चालकलाई पक्राउ गरिसकेको र थप घटना सम्बन्धि अनुसन्धान भैरहेको जिल्ला प्रहरीले बताएको छ।