
२ भदौ,
जनकपुरधाम ।
सर्लाहीमा तीन दिन अघि वेपत्ता भएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छिन ।
मृत्यु हुनेमा, सर्लाही स्थित लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंजमा बस्ने १६ वर्षिया प्रियंका भुजेल रहेकी प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, प्रियंका हराएपछि परिवारजनले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएका थिए । उजुरी परिसकेपछि लालबन्दी इलाका प्रहरी बाट खटिएका टोलीले खोजतलास गर्ने क्रममा लालबन्दी नगरपालिका वडा नं. ६ स्थित कान्जिरोवा खोलामा शव फेला परेको इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
डीएसपी बुढाथोकीका अनुुसार, मृतकको शारिरमा कुनै प्रकारको चोटपटक र घाउ नभएको तर शव भने केही सडिसकेको बताए ।
उनले भने मृतकको शवलाई पोष्टमार्टमको लागि पठाईसकेको र रिपोर्ट आउनसाथ अनुसन्धान प्रकृया अगाडि बदाउने छांै ।