
भदौ-२,बाँके ।
बाँकेको कोहलपुरमा प्रहरी बाटोमा कराउँदै मोटरसाइकल दिनदिनै हराउदै गरेको छ । भने प्रहरी कार्यालय परिसर बाट नै मोटरसाइकल चोर्दै प्रहरी लाई चकित पार्दै ‘ओपन च्यलेन्ज’ समेत दिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके लाई चोरले कुरिकुरी गर्दै चुनौती दिएको छ । करिब ९ दिनको समयमा ३ मोटरसाइकल कोहलपुर ईलाका प्रहरी कार्यालयको नजिकै बाट चोरि भएको प्रहरीले नै पुष्टि गरेको छ । तर मोटरसाइकल दिनप्रतिदिन हराउदै जाने तर प्रहरी चोरको सामु समेत पुग्न नसक्दा प्रहरीको बिस्वस्नियतामाथी प्रश्न उठेको छ ।
श्रृंखलाबद्व रुपमा कोहलपुरबाट मोटरसाइकल चोरी हुने क्रम अझै रोकिएको छैन । मंगलबार बिहान ५ बजेपछिको समयमा प्रहरी कार्यालयलयको २५ मिटरमा रहेको हाम्रो होटल बाहिर राखेको भे ६ प ३६८८ नम्बरको एमाहाको एब्जेट चोरी भएको हो ।
विभिन्न सिसिटिभी फुटेजमा चोरको तस्बिर नै देखिएको र प्रहरी कार्यालय वरिपरीबाट मोटरसाइकल सधै जसो चोरी हुदा चोरले प्रहरिलाई कुरिकुरी गरेको छ । तर प्रहरी टुलुटुलु हेरेर बसेको छ ।
बाटोमा मास्क बाढ्डै कराउदै हिडेको प्रहरीहरु, चोर समाउन असफल मानिएको छ भने ट्राफिक प्रहरीको ठाउँ ठाउको बिटहरु असुलिको लागि मात्र खडा गरिएको एक अनलाइनले न्युजले प्रष्ट भनेको छ । जसका कारण ट्राफिक प्रहरीले चेकजाच कडाइ नगर्दा समेत चोरी बढेर गएको हो ।