
३२ साउन,
जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगंजको नारायणी उप क्षेत्रिय अस्पताल वीरगंजमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।
अनुसन्धान आयोगको अनुसार, अस्पतालको फार्मेसीमा एक करोड २० लाख बढीको औषधि खरिदमा रकम हिनामिना गरेको भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले छापा मारेको आयोगका सूचना अधिकारी विष्णु सापकोटाले बताए ।
आयोगका सूचना अधिकारी सापकोटाले फार्मेसीको स्टकमा म्याद सकिएको औषधिको विवरण र खरिद् तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिई पाँच जनाको टोलीले अनुसन्धान गरिरहेको बताए ।