
३२ साउन,
दाङ : दाङमा अवैध भन्सार छलि भित्रयाएको खसि, बाख्रासहति दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रशाद काफ्लेले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा, दाङस्थित गढवा गाँउपालिका वडा नं। ०१ बनबारेमा बस्ने ५३ वर्षिय भोजमान बुढामगर, सोही ठाँउका २४ बर्षिय बिजय बुदामगर लाई प्रहरीले पक्राउ गरेको हो ।
छिमेकी राष्ट्र भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याएको अन्दाजी मूल्य रु २७०,०००।–९दुई लाख सहत्तरी हजार० बराबरको ९ ९नौं० वटा खसी, बाख्रासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको दाङका प्रमुख एसपी काफ्लेले जनाए ।
एसपीका अनुसार, ३१ गते आइतवार अन्दाजी ३ः३० बजेको समयमा बिषेश सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय गढवाको सयुक्त प्रहरी टोलीले पक्राउ गरि थप आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।