३२ साउन,

बाँके : ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटकसाइकलमा सवार बोका र दुई युवासहितको मृत्यु भएको छ । भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृत्यु हुनेमा, बर्दियाको बाँसगदी नगरपालिका वडा नं. २ बस्ने २२ बर्षिय चेतन बोहोरा सोही ठाँउका २६ बर्षिय प्रदिप चौधरी र उनको साथमा रहेको बोका समेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, आज बिहान करिव ७ बजेको समयमा राप्ती सोनरी गाँउपालिका वडा नं. १ स्थित सिक्टा हाईवे सडकमा बर्र्दियाको बाँसगदीबाट पुजाको लागि दाङ तर्फ गैरहेको लु६८प १८२२ नम्बर भएको मोटरसाइकल लाई ना ६ख ६७९९ नम्बरको ट्रकले ठक्कर दिदा दुई युवा र एक बोकाको मृत्युृ भएको प्रहरी जनाएको छ ।

ट्रक चालक ४० बर्षिय राकेश लिम्बुलाई अगैया प्रहरीले नियन्त्रणमा लिईसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख