
३१ साउन,
काठमाडौँ : म्हैपीमा ७ दिन अघि भएको यार्सागुम्बा चोरीमा संलाग्न हुने गिरोह ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा सहित प्रहरीले पक्राउ गरेको छ ।
मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाइ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले पक्राउ गरको एसपी कृष्णा कोइरलाले बताए ।
प्रहरीका अनुसार, खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेका संलाग्न गिरोहहरुको साथबाट अवैध यार्सागुम्बा बरामद भएको प्रहरीले जनाएको छ ।
स्रोत : अनलाइन खबर