
श्रावण,३१-बाँके
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर राजु भण्डारीले मासिक १२ लाख उठाउने गरेको स्रोत बताउँछ ।
कोहलपुर र नेपालगञ्जमा रहेको ट्राफिक कार्यालयले मात्र मासिक ५–५ लाख उठाउने गरेको छ । कुसुममा रहेको कार्याल्यले २० हजार, शम्शेरगञ्जले ४० हजार, चिसापानीले २५ हजार तथा कोलहपुरको मदन चोकको कार्यालयले १० हजार इन्सपेक्टरलाई बुझाउने गरेका छन् ।
सम्झना चोकको ट्राफिक बिटले १५ हजार, राझाले २५ हजार, नेपालगञ्ज बसपार्कले २० हजार, खजुरा धनौलीले १५ हजार, हलदापुरले १५ हजार तथा फुलटेकराले ३० हजार बुझाउने गरेको छ । त्यसैगरी चपरगौडी बिटल समेत मोटो रकम बुझाउने गरेको छ ।
विगतमा लाइसेन्स खुलेको अवस्थामा थप कमाई हुनेमा त्यो चाँही रोकिएको छ,’ ट्राफिकका एक जुनियर अधिकृत भन्छन्,‘यसरी रेट नै तोकेर उठाउने भएपनि कतिधेरै बदमासी छ भन्ने प्रष्ट हुन्छ ।’ पैसा नबुझाउने इन्चार्जलाई इन्सपेक्टरले तत्काल तान्ने गरेका छन् ।
स्रोत:दृष्टिन्युज