
३१ साउन,
कैलालीमा स्कुटर दुर्घटना हुदाँ स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ६ मा बस्ने १९ वर्षीय गोपाल चौधरी रहेका छन ।
प्रदेश ट्राफिक प्रहरीका अनुसार, सुपप्र ००१ –००८ प १७८० नम्बर भएको स्कुटर अनियन्त्रित भई हिजो राति १०ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको भएको हो । यस घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।