श्रावण-३०,बाँके
✍️बिजय काफ्ले

बाँके जिल्लामा पछिल्लो समय चोरी,डकैती,हत्या आदि जस्ता घटना बढेको देखिन्छ । एक मोटरसाइकल हराएको ७२ घण्टा पुग्न नपाउदै अर्को मोटरसाइकल चोरी भएको छ ।

बाँकेको कोहलपुर ईलाका प्रहरी कार्यालय अघाडि नै आजको मितिले ७२ घण्टा अघि करिब दिउसोको २ बजे प्रबेश गरेका कोहलपुर निवासी मान बहादुर शाही काम सकेर फर्किदै गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरअघि पार्किंग गरिएको बाईक नै चोरी भएको थियो । तर ईलाका प्रहरी कै गेट अघाडी बाट मोटरसाइकल चोरी हुदा प्रहरीले आज ३ दिन भैसक्दा समेत चोर पक्राउ गर्न सकेको छैन । अझ उक्त चोरको फोटो समेत सिसि टिभीमा देखिदा समेत प्रहरीले आज सम्म पक्राउ गर्न नसक्दा प्रहरी माथि जनाताको भरोसा गुमेको छ ।

त्यसैगरि उक्त चोरिको घटना भएको ७२ घण्टा नबित्दै हिजो २९ गते सझाको करिब ८:३० बजे ईलाका प्रहरि कार्यालय कोहलपुर देखि करिब ३ सय मिटर पश्चिम तर्फ रेडक्रस रोडमा आफ्नै घरमा पार्किङ गरि रखिएको भे १० प. ५१०६ नम्बरको मोटरसाइकल चोरी भएको छ । दिन प्रतिदिन चोरी जस्ता घट्ना बढ्नु तर प्रहरी चोरको नजिक सम्म समेत नपुग्दा आम सर्बसाधारण ब्यक्तीमा त्रार सनेत सिर्जना भएको छ ।

यसरी बाँकेका एसपि श्याम कृष्ण अधिकारिले जिल्लाको कार्यभार सम्हाले सङै झनै अपराधहरु बढेर गएको देखिएको छ । भने कोहलपुर क्षेत्रको शान्ति सुरक्षा अमन चैनको मात्र जिम्मेवारी पाएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपि रबिन्द्र खनाल समेत शान्ति सुरक्षा कायम राख्न असफल देखिएका छन ।

बाँकेमा जुवा,तस्करी,बेश्याबृत्ती,चोरी ब्यापाक मात्रामा बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख