
२९ साउन,
बाँके । गाडिले इलेट्रोनिक अटो रिक्सालाइ ठक्कर दिदा अटो चालक घाईते भएका छन्। भने ठक्कर दिने गाडि चालक फरार रहेको प्रहरीले जनाएको छ।
घाईते हुनेमा, कोहलपुर नगरपालिका वडा नं ११ लोकनगरमा बस्ने २४ वर्षीय कालुराम थारु घाईते भएका छन्। २९ गते शुक्रवार करिव ३:२५ को समयमा बाँकेको बैजनाथ गा.पा. १ गाबर स्थित पेट्रोल पम्प अगाडि कोहलपुरबाट सुर्खेत तर्फ जाँदै गरेको भे १ ख २०१३ नं. को गाडीले भे १ ह १७४५ नम्बर इलेट्रोनिक अटो रिक्सालाइ ठक्कर दिई गाडि सडकबाट २५ मिटर तल खसेर चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, घाइतेलाइ नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको बताए।