२९ साउन,

जनकपुरधाम : धनुषास्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–४ स्थित प्रमोद महतोसहित सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ निवासी रामप्रकाश महतो रहेको बताए ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नं.२ भुचक्रपुरस्थित विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।

विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर प्रमोद महतोको घरमा फेला परेको र ‘कम्प्युटरको सीपीयू, मोनिटर पुरानो कपडामा बाँधेर महतोले घरपछाडिको गोठमा लुकाएर राखेका प्रहरी निरिक्षक तिलक सुनारले बताए ।

फेला परेको कम्प्युटरसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत – अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित ख