
श्रावण-२९,बाँके
✍️बिजय काफ्ले
जिल्ला प्रशासन कार्यालय बाट जारी निषेधाज्ञा हाल सम्म लागू नै छ । फन पार्क,स्विमिङ पुल आदि जस्ता कुरा निर्बाध रुपमा संचालन भइरहेको हुदा आदेश कार्यान्वयन भने शुन्य झै देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख शिबराम गेलाल निकै कमजोर र सुस्त प्रशासक रहेको भन्दै धेरै जसो बाँके जिल्ला बासिन्दाहरु सामाजिक संजाल मार्फत आलोचना गरिरहेको देखिन्छ । निर्णय ढिला लिने देखि कार्यसम्पादन निकै सुस्त हुदा सिडियो माथी प्रश्न उठ्ने गरेको हो ।
बाँके जिल्ला भर लागू हुने भन्दै श्रावण १० गते एक निषेधाज्ञा जस्तो पत्र जारि गरिएको थियो । जुन पत्रमा प्रष्ट उल्लेख गरिएको छ कि ‘फन पार्कहरु खोल्न नपाइने , स्विमिङ पुल’ आदि जस्ता मानिस भिडभाड हुने ठाउँहरु नखोल्न आदेश जारी गरेको छ । तर बाँके जिल्ला कै उच्च राजनीति पहुचको आडमा टिकेको भारत सिमा नजिकै रहेको मेरो प्लानेट नामक फनपार्क र कोहलपुरको हवल्दारपुर स्थित रहेको ह्याप्पी वर्ल्ड नामक फन पार्क खुलेआम संचालन भएको छ ।
तर उक्त आदेश सिडियो कार्यालयको कागजको पानामा मात्र सिमित रहदा निकै कमजोर र लाचार प्रशासन देखिएको छ । राष्ट्रिय स्तरमा नै ख्याती प्राप्त मिडियामा समेत फन पर्क खुलेको सुचना आउदा समेत सिडियो र जिल्ला प्रहरी प्रमुख रमिते मात्र भएका छन ।
कोरोनाको हटस्पट बनेको बाँके जिल्ल पुन: हटस्पट नबन्ला भन्न सकिँदैन । जनतताको अटेरिपन र लाचार प्रशासनको कारण बाँके जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेर गएको छ ।