
२९ साउन,
दाङ : राप्ती नदिमा बगेकी महिलाको चार घण्टापछी प्रहरीको मद्दतले सकुशल उद्दार गरिएको छ ।
हिजो २८ गते दिउँसो ४ बजे गढवा गाउँपालिका वडा नं. ३ गोवरडिहाबाट नदिमा बगेकी महिला करिब आठ किलोमिटर टाढा लमही नगरपालिका वडा नं.४ बुटकौवा स्थित टापुबाट सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।
ति महिलाको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । पौडीन जानेकी ति महिला पानीमा टाउको नडुबाई उत्तानो परेर तैरिनुभएको थियो ।
बाढीमा वेपत्ता भएकी चौधरी सकुशल फर्किने आशा आफन्तले मारिसकेका थिए । बाढीमा वेपत्ता भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी ती महिलाको उद्दारमा खटिएका थिए । लामो संघर्ष पछि बुटकौवाको टापुबाट महिलाको उद्धार गरिएको हो ।