
२९ साउन,
कैलाली : कैलालीमा ट्रक दुर्घटना हुदा एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडी सिगासा गाँउपालिका वडा नं. ४ बाजापानीमा बस्ने अन्दाजी ३२ बर्षिय राम सिहं महरा रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिएको छ ।
प्रहरीका अनुसार, कैलालीस्थित गोदावरी नगरपालिका वडा नंं. ४ को धनगढिबाट बिहीवार करिव ७ः२५ बजेको समयमा बझाङ तर्फ जाँदै गरको से१ख ८५१ नम्बरको ट्रक सिमेन्ट र जस्ता बोकेर जाँदै गरेको अनियन्त्रीत रुपमा ब्रेक फेल भई सडकबाट अन्दाजी ५०÷५५ मिटर तल खसेको प्रहरीले जनाएको छ
घाईते भएका ट्रक चालकको टाउकोमा गम्भीर चोट लागेपछि धनगढिस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।