
बाँके,श्रावण-२८
✍️बिजय काफ्ले ।
बाँके जिल्लामा फेरि कोरोना संक्रमण ह्वात्तै बढेर गएको छ । सिडियोले भने जस्तो एसपि सुने जस्तो मात्र गर्दा बाँकेमा कोरोना बढेको हो ।
भारत सङ सिमा जोडिएको बाँके जिल्ला सुरुको कोरोना संक्रमणदेखि आजको अवस्था सम्ममा समेत उच्च जोखिमको जिल्लामा पर्दछ । उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँके बाट सिडियो शिवराम गेलाल द्वारा हस्ताक्षर गरिएको बिज्ञप्ति बारम्बार सार्बजनिक भइ रहेको देखिन्छ । तर उक्त बिज्ञप्ति कार्यान्वयन भने करिब १ प्रतिशत भन्दा बढी भएको पाइदैन । यसरी जिल्ला प्रसासनले आफु चोखो बन्न विभिन्न नियम को चाङ लगाउने तर कार्यान्वयन भयो या भएन भनेर न त कहिले अनुगमन गरेको छ । सिडियो गेलालले गरेको बिज्ञप्ति काजको पानामा मात्र सिमित रहदा समेत सिडियो गेलाल मुखदर्शक मात्र भएका छन ।
सिडियो गेलाल द्वारा जारि गरिएको बिज्ञप्तिमा निम्नअनुसारको कुरा संचालन गर्ननपाइने भनी उल्लेख गरिएको छ :-
१. देहाय बमोजिमका सेवा र कार्यहरु हाललाई सञ्चालन नगर्ने:-
क) शैक्षिक संथाहरु (विधालय, कलेज, ट्युसन, तालिम केन्द्र),
ख) सबै प्रकारका सभा, सम्मेलन.जुलुस, मेला महोत्सव,जात्रा जस्ता भीडभाड हुने कृयाकलापहरु ।
ग) सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, डान्सबार, स्पा, सेलुन तथा व्युटी पार्लर (कस्मेटिक
सामाग्री विक्री वाहेक)
घ) स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुती,
ङ) पुजारीवाट हुने नित्य पूजा बाहेकका सबै प्रकारका धार्मिक तथा साँस्कृतिक गतिविधिहरु
करिब १८ दिन अघि श्रावण १० गते जारी गरिएको बिज्ञप्तिमा माथी उल्लेखित सर्तहरु उल्लेख छ । न त्यस पस्च्यात कार्यान्वयन भएको छ न त नियम परिमार्जन नै गरिएको छ ।
तर माथी उल्लेख गरिएको ९९% क्रियाकलाप खुलेआम सन्चालन भएको छ । नियमकारी निकाय जिल्ला प्रशासन कार्यालय र कार्यान्वयन गर्ने निकाय जिल्ला प्रहरी कार्यालय बाँके दुबै सुस्त हुदा बाँकेमा कोरोना ले निकै डर लाग्दो रुप धारण गरिसकेको छ । अझै यसै गरि समन्धित निकाय कानमा तेल हालेर बस्ने हो भने बाँके जिल्लाको अबस्था निकै भयावह हुने देखिन्छ ।
कार्यान्वयन कारी निकायका प्रमुख जिल्ला प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीको काम भन्दा गफ बढी भएको पछिल्लो समयको निश्कृयताले देखाएको छ ।