
२८ साउन,
कपिलबस्तु : घरेलु कटुवा पेस्तोलसहित ३ जनालाई कपिलबस्तुको प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, कपिलबस्तुस्थित महाराजगंज नगरपालिका वडा नं. १ ओराइवामा बस्ने बर्ष २८ को बिश्मबर यादव सोहि ठाउँका बर्ष २० को लक्ष्मण यादव र बर्ष ४१ को अहमद खान रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार, गए राति करिव ८ बजको समयमा बाटोमा हिडिरहेको अवस्थामा शंकास्पद थाहा पाएपछि अस्थायी प्रहरी पोष्ट कपिलबस्तु द्वारा चेकजाँच गर्ने क्रममा उनिहरूको साथबाट घरेलु कटुवा पेस्तोल १ थान र सोहि पेस्तोलमा लाग्ने गोली ३ थानसहित पक्राउ गरेको हो ।
पक्राउमा परेका निजहरुलाई थप सोधपुछ गर्दा सोहि स्थान बस्ने वर्ष ४१ को अहमद खानले राख्न दिएको बताएपछि उक्त निजहरु ३ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको छ ।