
२८ साउन, मानिस हराएको सुचना : २० बर्षिय युवा २ दिन देखि बेपत्ता (सक्दो सेयर गरौ)
बाँके अपडेट : बाँकेको कोहलपुरबाट एक जना २० बर्षिय युवा २ दिन देखि बेपत्ता छन्। कोहलपुर नगरपालिको वडा नं. ११ बस्ने होम बहादुर खड्काको छोरा वर्ष २० को नोक बहादुर खड्का (बोलाउने नाम नविन खड्का) हारएका युवाको दाजु सुवास सिंह ठकुरीले जनाएका छन्।
दाजुका अनुसार, कोहलपुर स्थित कोहलपुर मोडेल कलेजमा बि.बि.एस. प्रथम वर्षमा भर्ना भई कोहलपुर मै रहेको एभरेष्ट इन्सिट्यूटमा कोरियन भाषा पढ्दै आइरहेका श्रावण २६ गतेका दिन विहान ७:०० बजे कोरियन भाषा पढ्न भनी घरबाट निस्केर अवेरसम्म घर नफर्के पछि सोधखोज गर्दा उक्त दिन पढ्न नगइ अन्त कतै गएको खबर पाएपछि सम्पूर्ण साथी भाइ आफन्तहरुलाई खोज खबर गर्दा आजका मितिसम्म कुनै अत्तोपतो नलागेको हुदा उक्त अनुसंधानको प्रक्रिया गर्नको लागि ईलाका प्रहरी कार्यालय, कोहलपुरमा उनका दाजु सुवास सिंह ठकुरीले जाहेरी दिएको बताए।
यधपी हराएको व्यक्तिसँग Realmi ब्राण्डको मोबाइलसहित नं. ९८१२४१३८९० पनि हराएको दिन देखि Switch off अबस्थामा रहेको छ। हराएको निजलाई खोज तलास र अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानाएको छ । साथै निजको हुलिया गहुँगोरो वर्ण, नाकको दाया पाटोमा सानो कालो कोठी, अन्दाजी ५ फिट ८ इन्च अग्लो, कान छोप्ने गरी लामो कालो कपाल, कालो खैरो भेष्ट जिनको निलो पाइन्ट लगाएको, कालो झोला कापी किन्न सहित बोकेको कालो सेतो Sports जुत्ता लगाएको हुदा निज भेटिएको खण्डमा दाजु सुवास सिंह ठकुरीलाई न. : ९८४३७७२२९९ मा फ़ोन गरेर सहयोग गरिदिनुहुन सबैमा अनुरोध गरेका छन्।