२६ साउन,

पाल्पा :  पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेड बक्स राखिएको ठाउँमा झुम्सा देखि बुटल तर्फ जाँदै गरेको बा१८च ७३३६ नम्बरको महेन्द्र स्कारपियो जिप सडकबाट ३० मिटर तल तिनाउ खोलाको किनारमा खस्दा ४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, घाईते हुनेमा तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सा चालक वर्ष ५५ को बावुराम पाण्डे, उनका छोरा वर्ष २५ को बिनोद पाण्डे, वर्ष २१ को अमित पाण्डे र सोहि ठाउँकी वर्ष २५ की गंगा दराई रहेको बताए ।

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक हस्पिटल बुटवल लिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख