२६ साउन,

कैलाली : बिरामी बोकेर अछामबाट धनगढी तर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च २६५८ नम्बरको स्कारपियो कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लेघारीमा दुर्घटना भएर ३ जना घाईते एकको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कर्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएका छन् ।

नायब प्रतिक बिष्टका अनुसार, दुर्घटनामा घाइते भएका स्कारपियो चालक अछामको साफेबगर नगरपालिका वडा नम्बर १ का गोपी धामीको अवस्था गम्भीर रहेको, सोहि ठाउँका साँफेबगर नगरपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय रमेश बुढाको अवस्था मध्यम रहेको बताए । उनले भने, ‘सोही ठाउँका मुकुन्द रावल र धनकला रावलको अवस्था सामन्य रहेका छन् ।’

स्कारपियो आफैँ अनियन्त्रित भएर सडकबाट दुई सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख