२५ साउन,

कैलाली । कैलालीस्थित टिकापुरमा बेवारीसे अवस्थामा राखिएको समान प्रहरीले फेला पारि नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, २४ गते आईतवार करिव ८ः०० बजेको समयमा टिकापुर ईलाका प्रहरी कार्यालयबाट खटि गएको प्र.ना.नि. राजु शाहको टोली र मातहत प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्र.ना.नि. राजेन्द्र सिंह कार्कीको सयुंक्त प्रहरी टोलीले ३४,६०० बरावरको बेवारीसे अबस्थामा राखिएको समान फेला पारिएको बताएका छन् ।

कैलालीको टिकापुर नगरपालीका वडा नं. ९ पुरानो भन्सारस्थित भित्री सडक खण्डमा प्लाष्टिकको ३ वटा कट्टामा अनार ७० के.जी, माछा मार्ने जालमा लगाउने सिसा, चिनी २० के.जी, नुन १०० के.जी, प्याज १० के.जी, स्यामल सुर्ती २ पाकेट, पवन सुर्ती ४ पाकेट, दाह्री काट्ने रेजर (सानो) २२ पाकेट, ठुलो १२ पिस, बिडी २ पाकेट, कमला पसन ५० पिस, साईकलको चेन ५ पाकेट, साईकलको बोल्ट १० पिस, साइकलको काबेल १० पिस र २ वटा साईकल गरी रु.३४,६००।– मुल्य बराबरको बेवारीसे सामान फेला पारी आवश्यक थप कारबाहीको लागि मुल भन्सार कार्यालय सत्ती पठाईएको जिल्ला प्रहरी कैलालीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख