
२५ साउन,
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सारुलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ । उनलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिएका छन् ।
स्रोतः नेपालटेलिभिजन