२५ साउन,

बाँके । बर्दिया र सुर्खेत लगाएत अन्य ठाउँहरुमा प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान पुनः शुरु गरेको छ ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ ।

यद्यपी यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन ।

सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई पुनः तीव्रता दिएको छ । सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न केहि जिल्लाहरुमा उक्त अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिसपी वसन्त बहादुर कुँवर र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदम बहादुर बिष्टले बाँके अपडेटलाई जानकारी दिएका छन् ।

बर्दियाका डिसपी वसन्त बहादुर कुँवरका अनुसार, कोभिड–१९ को संक्रमण पुनः बढ्दै गईरहेको अवस्थालाई मध्येनजर गर्दै संक्रमण जोखिम बढ्न नदिने उद्देश्यका साथ “तपाईको मास्क खोई ? अभियान गुलरिया नगरपालिका स्थित बजार क्षेत्रमा शुरु गरिएको जानकारी दिए ।

त्यसैगरी, सुर्खेतका प्रमुख एसपी पदम बहादुर बिष्टका अनुसार, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं.८ दैलेखी चोकस्थित तालुक ठाउँमा जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको उपस्थितिमा यो अभियान शुरु गरिएको बताएका छन् ।

बर्दियाका केहि झलकहरु


सुर्खेतका केहि झलकहरु

 

 

प्रतिक्रिया

सम्बन्धित ख