
२५ साउन,
कैलालीको पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार ७२ वर्षीय साइकल यात्री जगतबहादुर साउँदको मृत्यु भएको हो। ‘दुर्घटनामा गम्भीर घाइते भएका साउदलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुगाइएको थियो, उपचारकै क्रममा मृत्यु भएको र मोटरसाइकल धनीलाई नियन्त्रणमा लिइएको तर चालक भने फरार रहेको उनले बताए।
समाचार स्रोत : दिनेशखबर