२४ साउन,

बाँके । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमेटी (अनेरास्ववियु) बाँकेले नेपाल विद्युत प्राविधिकरणलाई सेवामा अनियमित भएको भन्दै ध्यानाकर्षन पत्र बुझाएको छ ।

बाँकेका अनेरास्ववियु सहः संयोजक बिकल भट्टराई को नेतृत्वमा केन्द्रिय सदस्य सुमन घिमिरी र नगर संयोजक बलि राज थापा र नगर सह : संयोजक रेशम ढकाल लगायक बिद्यार्थी नेताहरुको उपस्तिथिमा नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षक पत्र बुझाउदै जिल्ला प्रशासन कार्यालय बाँकेलाई समेत बोदार्थ समेत दिइएको अनेरास्ववियु बाँकेका सहः संयोजक विकल भट्टराईले जनाएका छन् ।

अनेरास्ववियु सहः संयोजक भट्टराईका अनुसार, “बाँकेमा नेपाल विद्युत प्राधिकरणले कहिले विद्युत आपुर्ति बन्द गर्ने, कहिले नियमित नहुने, आए पनि कम भोल्टेजमा आउने जस्ता समस्याहरुले यहाँका विद्यार्थीको शैक्षिक क्षेत्रमा ठुलो असर गर्नका साथै नागरिकहरुको जनगुनासो आएको हुदा विशेष ध्यानाकर्षन गर्दै यो पत्र पेश गरिएको बताए” ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर शाखाले मनोमानि ढङ्गले विद्युत प्रशारणमा रोक लगाउने र उक्त शाखामा काम विशेषले करिव सयौँ पटक फोन सम्पर्क गर्दा समेत फोन नलाग्ने गरेको पाइएको छ । जसका कारण आम सर्वसाधारण जनता र वैकल्पिक माध्यमबाट शिक्षा लिइरहेका विद्यार्थी वर्गमा समेत ठुलो असर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख