
२४ साउन,
म्याग्दीमा गाउँपालिका वडा अध्यक्षको निधन भएको छ । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोकामगरको निधन भएको हो । बिरामी परेपछि बेनी अस्पताल लैजाने क्रममा ४३ वर्षीय रोकाको बाटोमै निधन भएको हो ।
उनी ०७४ मा भएको स्थानीय तह निर्वाचनमा रोका नेकपा माओवादी केन्द्रबाट उमेद्वार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए । रोका केही समयदेखि कलेजा, मृगौला, उच्च रत्तचापको समस्याबाट बिरामी परेका स्थानियहरुको भनाई रहेको छ ।
यो समाचार दिनेशखबरमा छ ।