
२४ साउन,
बाँके अपडेट : कोरोनाको दोस्रो लहरको हटस्पट बनेको बाँकेमा संक्रमण र मृत्युदर पुन: बढेको छ। पछिल्लो १२ घण्टामा बाँकेको भेरी अस्पतालमा तीन जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ।
मृत्यु हुनेमा रोल्पाका ५८ वर्षीय पुरुष, दाङका ४५ वर्षीय पुरुष र सुर्खेतकी ३९ वर्षीया महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।
ओलीका अनुसार, रोल्पाका पुरुषको गएराति र दाङ र सुर्खेतकी महिलाको आज बिहान मृत्यु भएको बताए । संक्रमितको उपचारका क्रममा तीनै जनाको जिल्लास्थित भेरी अस्पतालमा मृत्यु भएको हो।