२२ साउन,

बाँके । बाँकेको नरैनापुरमा एकजना भरुवा बन्दुक र कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा, बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ६ दोन्द«ास्थित बस्ने वर्ष ५० को छोटेलाल राढ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार, बिहिवार करिव साँझ ७ बजेको समयमा छोटेलाल राढले हात हतियारको बिक्रि वितरण गरि रहेको भन्ने विशेष सूचनाको आधारमा तालुक लुम्बिनि प्रदेश प्रहरी अनुसन्धान समुह दाङबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्दा उनको साथमा १ थान भरुवा बन्दुक सो को बन्दुकमा लाग्ने छर्रा गोलि ३ थान र छोटेलालले बोकेको रातो रंगको झोला भित्र रहेको कटुवा पेस्तोलसहित फेला पारी प्रहरीले बरामद गरिएको बताएका छन् ।

पक्राउ परेका छोटेलाललाई कारबाहि र आवश्यक थप अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख