२२ साउन,

बाँके । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका द्धारा बिपन्न समुदायका महिलाहरुलाई आय आर्जनमा सहयोग पु¥याउनको लागि सिलाई कटाई मेसिन, इन्टरलक मेसिन र साईकल सहयोग सोरुप हस्तान्तरण गरिएको नगर प्रमुख डा. धवल शम्शेर राणाले जानकारी दिएका छन् ।

नगर प्रमुख डा. धवल शम्सेरका अनुसार, बिपन्न समुदायका महिलाहरुलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु नगर कार्यपालिका सदस्यहरुद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत सहयोग गरिएको बताए । उनले भने “सबै महिलाहरुलाई सामग्री हस्तान्तरण गर्दै सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गरेका हुन्” ।

नेपालगंञ्ज उप–महानगरपालिकाले यसअघि तालिम प्राप्त गरेका महिलाहरुलाई ब्यवसायमा जोड्न सहयोग गरिएको भन्दै राणाले यसबाट ब्यक्तिगत र पारिवारिक जीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी दिएका छन् ।

उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार, ७४ जना महिलालाई सिलाईकटाई मेसिन, १२ जनालाई इन्टरलक मेसिन उपलब्ध गराइएको बताए । यसैगरी ४९ जनालाई साईकल वितरण समेत गरिएको जानकारी दिए ।

उप–महानगरपालिका भित्र पर्ने विपन्न समुदायका दलित, सिमान्तकृत, मधेसी, मुस्लिम, अल्पसंख्यक सबै महिलाहरुलाई सहयोग सोरुप सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख