२२ साउन,

बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ सम्झना चोकबाट अवैध वन्यजन्तु हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा, जिल्ला दाङको बबई गाउँपालिका वडा नं.५ वस्ने ५० वर्षका दल बहादुर सुनार, बर्दियाको बाँसगढी नगरपालिका वडा नं.३ वस्ने ८५ वर्षका टिकाराम सुनार र सोही ठाउँ वस्ने ४८ वर्षको धन बहादुर सुनार रहेका छन् ।

एसपी अधिकारीका अनुसार, बिहीबार वैजनाथ गाउँ पालिका वडा नं. ६ सम्झना चोकस्थित अवैध वन्यजन्तुको अंगहरु खरिद विक्री भईरहेको भन्ने सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले बिहान १२ बजेको समयमा उनीहरूलाई पक्राउ गरेको बताए ।

यद्यपी उनीहरु संकास्पद हिडिरहेका बेला प्रहरीले चेकजाँच गर्ने क्रममा दल बहादुर सुनारले बोकेको कालो रंगको झोलाभित्र सेतो प्लाष्टिकले बेरी राखेको हात्तीको जस्तो देखिने दाँत २ वटा फेला पारी बरामद गरिएको बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताएका छन् । कारबाहि र थप अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख