
२१ साउन,
कैलाली : कैलालीका एक युवक ६ दिनदेखि बेपत्ता भएका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजार घर भएका २० वर्षीय शेरबहादुर बोहरा साउन १५ गते अत्तरिया बजारबाट बेपत्ता भएका हुन् ।
घरबाट अत्तरिया बजार जान्छु भन्दै हिँडेका बोहरा अहिलेसम्म फेला नपरेको उनका बुवा बिरबहादुर बोहराले बताए ।
उनले छोरालाई फेला पार्ने जोकोहीले पनि नजिकको प्रहरी कार्यालय अथवा मोबाइल नम्बर ९८४८४९८२८६ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
स्रोतः दिनेशखवर