
२१ साउन,
बाँके । बाँकेको कोहलपुरमा राप्रपाको संगठन निर्माण तथा आगामी महाधिवेशनको बैठक आज बिहेवार २१ गते दिउसो १ बजे कार्यालय भवनमा बस्ने भएको छ ।
राप्रपा बाँके कोहलपुर नगरकी अध्यक्ष एवंम रा.प्र.म.संगठन केन्द्रिय सदस्य सरिता शाहिको अध्यक्षतामा यो बैठक सुरु गरिने भएको छ ।
कोहलपुरमा आज दिउसो बस्ने बैठकमा राप्रपाको संगठन निर्माण तथा आगामि महाधिवेशनको लागि वडा, गाउँ, नगरको अधिवेशन लगायत नगर भित्रका जनताका आधारभुत समस्याहरुलाई समाधान गर्नको लागि केही महत्वपुर्ण निर्णय गर्नु पर्ने भएको राप्रपा बाँके कोहलपुर नगरकी अध्यक्ष तथा रा.प्र.म.संगठन केन्द्रिय सदस्य सरिता शाहिले जानकारी दिएकी छिन् ।
सरिता शाहिका अनुसार, राप्रपा नगरकार्य समितिका सम्पुर्ण साथिहरु, पार्टिका क्षेत्रिय अध्यक्षका साथै कोहलपुर नगर भित्रका जिल्ला तहका साथिहरु र साथै पार्टिका केन्द्रीय अग्रज नेता ज्युहरु सबैलाई यस बैठकमा उपस्थितिको लागि अनुरोध गरिएको बताईन् ।