
२० साउन,
हेटौंडा अपडेट । मकवानपुरबाट लागुऔषध नाइट्रोभेट र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१० बाट २ जना र मनहरी गाउँपालिका–८ बाट ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।
जिल्ला प्रहरीका अनुसार बिआरई २८३९ नम्बरको ट्रकबाट १२७ किलो गाजाँसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, भारतका ३८ वर्षीय राजराज सहनी, १८ वर्षीय राहुल सहनी र वीरगञ्जका ३० वर्षीय रियाजुल अंसारी रहेका छन्।
त्यसैगरी एक हजार १२५ ट्याब्लेट नाइट्रोभेटसहित हेटौंडा–१३ का १९ वर्षका सुवास गोले र सोही उमेरका सरोज थिङ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।