२० साउन,

बर्दिया । बर्दियाको शान्तिटोलमा भारतबाट भन्सार छलि भित्रयाएका बेवारिसे अवस्थामा राखिएका सामानहरु बर्दिया प्रहरीले बरामद गरेको छ ।

मंगलबार गएराति जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलिले डिउटी गर्ने समयमा बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ शान्तिटोल स्थित सडक छेउमा रहेको एक साईकलमा भारतबाट भन्सार छली ल्याईएका बेवारिसे अवस्थामा छोडेको अन्दाजि मुल्य रु. १४,१२०।– बराबरको हार्डवयर सामान फेला पारि जिल्ला प्रहरी कार्यालय बर्दियाले बरामद गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार, उक्त सामानहरु र साईकलसहित कानून बमोजिम बरामदी कार्य गरी आबश्यक थप अनुसन्धान र कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख