२० साउन,

कैलाली । कैलालीस्थित धनगढीको सशस्त्र प्रहरी बल हेडक्वाटरमा एक सशस्त्र प्रहरी जवान हरिष कुमार शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, २० गते आज बुधवार बिहान करिव ५ः४५ बजेको समयमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १ स्थित रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत जिल्ला डडेल्धुरा भागेश्वर गाउँ पालिका वडा नं. १ बस्ने बर्ष ३१ को सशस्त्र प्रहरी जवान हरिष कुमार शाही सोही कार्यालयको परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत सब फेला पारिएको बताएका ।

शाहीको मृत फेला परेको जानकारी प्राप्त हुना साथ कैलाली प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई घटनास्थल लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी लाश पोष्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

यद्यपी घटना के कसरी भएको हो । सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख