
१९ साउन,
नवलपरासीको बर्दघाटबाट स्रोत नखुलेको साढे १८ लाख रुपैयाँ र एक भारतीय नागरिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बेलुकी बर्दघाट नगरपालिका– १२ भटौलियास्थित नारायाणचोक–परासी भित्री सडक खण्डबाट नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउपालिका–२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंजका २७ वर्षीय समिर खानलाई प्रहरीले उक्त रकमसहित पक्राउ गरेको हो ।
लु.१६ प ३७२९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेका उनीहरुलई इलाका प्रहरी कार्यालय सेमरीको टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार स्रोत : नेपालटेलिभिजन