
१९ साउन,
बाँके अपडेट : बाँकेस्थित नेपालगञ्ज उप–महानगरपालिकाले समुदायिक विद्यालयमा अध्ययनरत १७३ छात्राहरुलाई साईकल उपलब्ध गराएको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् ।
प्रमुख राणाका भनाई अनुसार, उप–महानगरपालिकाको सल्यानी बागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई १९ गते मङ्गलबार साईकल हस्तान्तरण गरिएको बताए ।
राणा भन्छन् “नेपालगञ्ज उप–महानगरपालिकाका सम्पुर्ण कर्मचारी सदस्यहरु सबैको सहभागीमा यो कार्याक्रम समापन भएको हो” ।
यद्यपी शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, शिक्षा विद किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साईकल हस्तान्तरण गरिएको बताए ।
यसैगरि नेपालगञ्ज उप–महानगरपालिकाकी उप प्रमुख उमा थापामगरका अनुसार, गरिव तथा विपन्न समुदायका अधिकाँश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेको, तर सबैसंग सवारी साधन नभएको बताईन । उप–महानगरपालिकाले साईकल प्राप्त गरेपछि विद्यालय आवतजावतमा सहजता हुने अपेक्षा गरिएको उनि बताउछिन् ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न छात्रहरुलाई साईकल वितरण गरिएको हो । र नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि १६८ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि साईकल सहयोग गरेको थियो ।