
१९ साउन,
दाङ । दाङको गढवा गाउँपालिका १ जुरौलीबाट एक थान अटोमेटिक पेस्तोल, २ थान म्यागजीन, २ थान गोली र ३ वटा मोबाईलसहित दुई जना भारतिय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा भारत जिल्ला सिद्धार्थनगर नगरपञ्चायत बढी ३ का २२ बर्षिय करमुल्लाह आमिर र सोही ठाउँको वडा नम्बर ८ का १९ बर्षिय राजा खान रहेका छन् ।
एसपी काफ्लेका अनुसार, जिल्ला प्रहरी कार्यालय दाङको अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको संयुक्त प्रहरीको टोलीले आमिरको कम्मरमा लुकाई राखेको पेस्तोल सहित म्यागेजीन र गोली बरामद गरेको बताए ।
दाङका प्रमुख एसपी काफ्ले भन्छन् “उनिहरुले विक्रिका लागि दाङमा हतियार ल्याएको बताएका छन्” । प्रहरीले हतियार सहित दुईजना भारतिय नागरिक आउदै गरेको सूचना पाएपछि ग्रहाक बनेर उनिहरुलाई हतियार सहित नियन्त्रणमा लिन सफल भएको जानकारी दिए ।
उनिहरुका विरुद्ध हातहतियार खरखजना सम्बन्धि मुद्धामा थप अनुसन्धान र कार्वाहीको लागि प्रकृया अघि बढाईएको बताएका छन् ।