१९ साउन,

सुर्खेत । सुर्खेतस्थित भेरीगंगा नगरपालिकामा अवैध मोटो रकमको मालसामानहरु बोकेको गाडि सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा, जिल्ला सुर्खेत घर भई विरेन्द«नगर नगरपालिका वडा नं. ७ बस्ने वर्ष २८ को धनदेव गिरी (सवारी चालक) सोहि जिल्लाका गुर्बाकोट नगरपालिका वडा नं. ८ बस्ने वर्ष २० को खिम ब. बि.क र विरेन्द«नगर नगरपालिका वडा नं. ११ बस्ने वर्ष २४ को बिष्णु भण्डारसहित ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, १८ गते सोमबार दिउसोको समयमा बबईस्थित नेपालगंञ्ज सुर्खेत पक्की रोडमा विरेन्द«नगरका धनदेब गिरीले चलाएको गाडि कर्णाली प्रदेश ०२००१ ख ०३५१ नम्बरको ट्रकमा अवैध सरिया, सिमेन्टहरु बोकि ल्याएको भन्ने विशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलिले चेकजाँज गर्दा अनुमानित मुल्य रु ५,६८३९९।– (पाँच लाख अर्सट्ठी हजार तिन सय उनान्सय रुपैयाँ) बराबरको अबैध सरिया, सिमेन्टहरु बरामद गरि गाडि(ट्रक) चालक धन देब गिरीसहितलाई पक्राउ गरि आवश्यक थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको सुर्खेत प्रहरीले जनाएको छ ।

त्यसगरी, १८ गते सोम्बार दिउसो करिव १ बजको समयमा फेरी सोहि बबईस्थित नेपालगंञ्ज सुर्खेत रोडको छिन्चु बजारको वरपर रहेको ठाउँमा गाडि चालक खिम ब. वि.क र उनका साथमा रहेका बिष्णु भण्डारीले चलाएको ना८ख १३७ नम्बरको फार्स गाडिमा अनुमानित मुल्य रु.७,६६०८०।– (सात लाख छैसठी हजार असी रुपैयाँ) बराबरको अवैध मालसामानहरु र ७०२० पिस सुपरपावर (झुम्का) सुर्ति र २५२० पिस मेघा श्री बोकी ल्याएको विशेष सुचनाको आधारमा छिन्चुबाट खटिएको प्रहरी टोलिले फेला पारि सबै मालसामान र गाडि चालकसहित पक्राउ गरि आवश्यक थप कारबाहीको राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख