श्रावण-१९,काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

झण्डै दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले मंगलबार बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गरेका हुन् ।

उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । लामो समय नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए  ।

खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर्दै गरेको उल्लेख गरेका छन् । सन् २००२ मा आफू १५ वर्षको हुँदा क्रिकेट यात्रा सुरु गरेको स्मरण गर्दै खड्काले आफ्ना खेलाडी साथी, प्रशंसक, परिवारसहित सम्पूर्णमा कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख