१८ साउन,

बागलुङमा आज बिहान सवारी बोकेको बस दुर्घटना भएको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नम्बरको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् ।

घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईकवाल हवारीले जानकारी दिए ।

बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याएको छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत : नेपालटेलिभिजन

प्रतिक्रिया

सम्बन्धित ख