१७ साउन,

दाङ । दाङको शहितगेट लाईनमा रहेको एटिम तोडफोड गरि फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्ला दाङ घर भई घोराही उप–महानगरपालिका वडा नं. १३ मंलेरी बस्ने वर्ष १८ को सुवास वि.क र सोहि ठाउँका सुन्दर नगर टोल बस्ने वर्ष १८ को प्रकाश भुषाल रहको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिएका छन् ।

एसपी काफ्लेका अनुसार, साउन १२ गते रातिको समयमा दाङको घोराही उप–महानगरपालिका वडा नं. १५ शहिदगेटस्थित लाईनमा रहेको कुमारी बैंक एटिम मेसिन तोडफोड गरी दुवैजना फरार भएका थिए ।

प्रहरीको निरन्तर अनुसन्धानपछि फरार भएका दुबै जनालाई खोजतलास गर्दै जादा साउन १६ गते दाङको घोराही १५ मा लुकिछिपी बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेर आवश्यक थप अनुसन्धान भई रहेको एसपी काफ्लेले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख