
१७ साउन,
बाँके । बाँकेमा केहि समुदायिक र निजि विद्यालयहरुले नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयको आदेशलाई अटेर गरि विद्यार्थीहरुलाई भौतिक रुपमा प्रवेश गरेर विद्यालय संचालनमा ल्याएका छन् ।
बाँकेको बैजनाथ गाउँपालिकाले १७ गते आईतवार एक सुचना जारी गर्दै यस गाउँपालिका भित्र पर्ने केहि संस्थागत तथा समुदायिक विद्यालयहरुले जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशलाई अटेर गरि विद्यालयहरु संचालन ल्याएको हुदा सो को विद्यालयहरुलाई तत्काल बन्द गर्न “भौतिक उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप संचालन नगर्ने” भन्दै सुचना मार्फत जानकारी गराएको छ ।
यद्यपी यदि कुनै विद्यालयहरुले जानकारी गराएको सुचनालाई अटेर गरि विद्यालय संचालन गरेको पाएमा कानुनी बमोजिम कारवाहि गरिने जानकारी गराएको छ ।
प्रकाशित गरिएको सुचना हेर्नुहोस्