श्रावण-१७,बाँके
✍️बिजय काफ्ले ।

बाँकेको नेपालगन्ज स्थित धम्बोजि चोकमा नोपार्किङ लेखिएको बोर्ड कै अघि बर्षौदेखि पार्किङ गरिन्छ । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय मुखदर्शक भएको छ ।

धम्बोजी चोकमा विभिन्न होटलहरुमा पार्किङ गर्ने ठाउको ब्यवस्थापन छैन । पार्किङ नहुदा होटलमा आउने ग्राहकहरुले बाटो मै मोटरसाइकल राख्न पर्ने अबस्था देखिन्छ । यसरी बाटोमा मोटरसाइकल तथा गाडीहरु राख्दा दुर्घटना समेत बढ्ने गर्दछ । तर ट्राफिक ब्यवस्थापनको जिम्मा पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मुखदर्शक भएको छ । भने जनता लाई अनावश्यक हैरानी र दुख दिने गरेको समेत बाँके अपडेट मिडियामा गुनासो आएको छ ।

यसरी जिम्मेवार निकायक नेपाल प्रहरी,सशस्त्र प्रहरी ,नगर प्रहरी आदिको करिब २४ सै घण्टा सोही धम्बोजी चोकमा डिउटि हुने गर्दछ् । तर निकायहरु देखे नि नदेखे झै गरि हिड्ने गरेका छन । यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख लाई समेत बाँके अपडेट मिडिया टिमले मौखिक ध्यानाकर्षण गराएका थियो । तर पनि धम्बोजी चोकको ट्राफिक ब्यवस्थापनमा खासै चासो नदेखाउदा ट्राफिक प्रहरी माथि नै प्रश्न उठेको छ ।

अव्यवस्थित तरिकाको पार्किङ,नियम बिपरित नो पार्किङ बोर्ड अघि नै पार्किङ आदि हुदा प्रहरी रमिते बनेको छ । जसका कारण सोही क्षेत्रामा दुर्घटना समेत तुलनात्मक रुपमा बढी हुने गरेको पाइन्छ । तर पनि समन्धित निकायहरु त्यसको ब्यवस्थापन गर्न तर्फ लागेको पाइदैन ।

प्रतिक्रिया

सम्बन्धित ख