
१७ साउन,
कर्णाली अपडेट । कर्णाली नदिमा डुंगा दुर्घटना हुदा ३ जना घाईते र ३ बेपत्ता भएका छन् ।
(घाईते) हुनेमा, कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष १९ की धनसरा सलामी मगर जसको (मृत्यु भई सकेको) छ । र सोहि बस्ने धनसरा सलामी मगरकै छोरा २४ दिनको कर्ण सलामी मगर, दिपेन्द्र र हर्सना आलेमगरको छोरा ४ महिनाको सुशान्त आलेमगर रहेका छन् । भने (बेपत्ता) हुनेमा, कैलालीकै मोहन्याल गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर उन्कै १० दिनको छोरी प्राप्ति सलामी मगर सोहि ठाउँमा बस्ने वर्ष २० की पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, आज १७ गते आईतवार अन्दाजी १२.०० बजेको समयमा जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ रागाँ मलेखाबाट कर्णाली नदिमा काठको डुंगामा सवार भएका १० (दश) जना मानिसहरु चौकुने गाउँपालिका वडा न. ०४ सुर्खेत स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिँदा सोही डुंगामा सवार मध्ये ५ जना सकुशल भेटिएका छन् भने, २ जना घाईते र ३ जना बेपत्ता भएको प्रहरीले बताएको छ ।
यद्यपी घटना भएको तत्कालै ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीमा जानकारी दिएको हो । जानकारी प्राप्त हुना साथ घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरेको थियो ।
Latest update :